कुवेतमा एक नेपालीको मृत्यु

कुवेतमा एक नेपालीको मृत्यु

death

बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । केही दिनदेखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिंह बुढामगरको उपचारकै क्रममा मृत्यु भएको हो ।

गैरकानुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि अस्पताल लागिएको थियो ।मृतक कति बर्षदेखि कुवेतमा कार्यरत थिए, कहिलेदेखि गैरकानुनी रुपमा कार्यरत थिए र उनले पहिले काम गर्ने कुन कम्पनी हो भन्ने बारे केही खुलेको छैन ।

मृतकको परिवारसँग सामान्यव गरि आवश्यक प्रक्रिया पुर्‍याएर शव स्वदेश पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ। मृतकको घरमा श्रीमती र तीन छोराहरु रहेको बुझिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ