दमौलीमा खुल्यो पूजा सामग्री उद्योग
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी सभापति कल्पना गौलीले माँ अम्बे पूजा सामग्री उद्योग सञ्चालनमा ल्याइएको छ । जिल्लाका महिलालाई रोजगारी प्रदान गर्दै उद्यमशील बनाउने उद्देश्यसहित गौलीले व्यास नगरपालिका–२ कालिकामार्गमा उक्त उद्योग सञ्चालनमा ल्याएको हो ।
उद्योगबाट ८५ महिलाले रोजगारी पाएको गौलीले जानकारी दिए । उनका अनुसार दुनाटपरी, बाँधेको धुप, सातथरि काठको दाउरा, पोते, डोरी, टीकालगायतका सामग्री उत्पादनका लागि ती महिलालाई रोजगारी दिइएको छ । “निकट भविष्यमा नै तामा, चरेश, चाँदी र माटोबाट निर्माण गरिने सामग्री पनि उत्पादन गर्ने लक्ष्य छ”, गौलीले भने ।
उक्त उद्योगबाट ५०० महिलालाई रोजगारी प्रदान गर्ने उद्देश्य राखिएको उनले बताए। दमौली बजारका विभिन्न आमा समूहले उत्पादन गरेका दुना टपरी उक्त उद्योगले खरिद गर्ने गरेको छ । हाल बजारमा दुना टपरीको राम्रो माग भए पनि स्थानीय सरकारका तर्फबाट भने यसमा सहयोग नभएको गौलीको गुनासो छ । “फुर्सदिला कम्तीमा ५०० महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विभिन्न प्रकारका पूजा सामग्रीको हाते उद्योग सञ्चालन गरेको हुँ”, गौलीले भने ।
व्यास–१ गल्वुबेँसीस्थित नव आदर्श आमा समूहले दैनिकरूपमा उत्पादन भएका दुना टपरी उक्त उद्योगलाई बिक्री गर्ने गरेको छ । आमा समूहका १४५ महिलाले टपरी बुन्न थालेका छन् । उक्त उद्योगको शनिबार नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे। सो अवसरमा नगरप्रमुख न्यौपानेले महिलालाई स्वरोजगार बनाउन आवश्यक तालिम नगरपालिकाका तर्फबाट सञ्चालन गरिने प्रतिबद्धता जनाए ।
दिए।
सम्बन्धित खबर
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला