स्पानिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । अर्कोतर्फ करिम बेन्जामाले दुई गोल गरेपछि रियल मड्रिड एल्चेविरुद्ध पुनरागमन जित हात पार्दै दोस्रो स्थानमा उक्लेको छ ।
गेटाफेसँग गोलरहित बराबरीमा रोकिएपछि एट्लेटिकोले अंकदूरी बढाउने अवसर गुमायो । बराबरीपछि एट्लेटिकोको २७ खेलबाट ६३ अंक भएको छ ।
रियल मड्रिडले एल्चेविरुद्ध २-१ को पुनरागमन जित हात पार्दै एट्लेटिकोसँग अंकदूरी ६ मा झारेको छ । बेन्जामाले इन्जुरी टाइममा गोल गरेपछि रियलले ३ अंक जोडेको हो ।
रियलको घरेलु मैदानमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६१औं मिनेटमा डानी काल्भोले गोल गर्दै एल्चेलाई अग्रता दिलाएका थिए । तर त्यसलाई कायम राख्न सकेन । ७३औं मिनेटमा बेन्जामाले रियलका लागि बराबरी गोल फर्काए ।
त्यसपछि इन्जुरी टाइममा बेन्जामाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितपछि २७ खेलबाट रियलको ५७ अंक छ । रियलले बार्सिलोनालाई १ अंकले पछि पारेको हो । २६ खेल खेलेको बार्सिलोना ५६ अंकसहित तेस्रो स्थानमा छ ।
बार्सिलोनाले सोमबार हुने खेलमा हुएस्कालाई पराजित गरेमा एट्लेटिकोसंग अंकदूरी ४ मा झार्नेछ ।
एल्चे २६ खेलबाट २४ अंकसहितर १७औं स्थानमा रहेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने