आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

mausam

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एकरदुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ