पोखराको बगर भाइ खलकद्वारा आयोजित ‘चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ को उपाधि काठमाडौको आई वोस मिया सान मियाले जितेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा मिया सान मियाले डिफेन्डिङ च्याम्पियन टि वर्गर ललितपुरलाई ४–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि सँगै मिया साान मियाले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ भने उपविजेता टि वर्गरले नगद ५५ हजार ५ सय ५५ का साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दुवै टिमबाट सहभागी रहेका पूर्व राष्ट्रिय खेलाडीहरुको खेलमा पहिलो गोलको खाता खेलकौ १६ औै मिनेटमा मिया सान मियाकाको तर्फबाट नविन पाण्डेले गोलको खाता खोलेका थिए । निर्धारित २५–२५ मिनेटको खेलमा नविन न्यौपानेले टिमका लागि २० औं मिनेटमा दोश्रो गोल थप्दा टि वर्गर करिव–करिव उपाधि होडबाट बाहिरिन पुगेको थियो ।
नविन न्यौपानेले नै खेलको दोश्रो हाफको ३४ औं मिनेटमा मिया सान मियाले टिमका लागि तेश्रो गोल थपे । न्यौपाने फाइनल खेलको म्यान अफ दि म्याच समेत भएका थिए । यता ३–० ले पछि परेको टि वर्गरलाई खेलमा फर्काउने प्रयास गर्दै नरेन्द्र लिम्वुले एक गोल फर्काए पनि उपाधिका लागि त्यो पुरा हुन सकेन । खेलको दोश्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा नविन पाण्डेले टिमको लागि चौथो गोल गर्दै उपाधि पक्का गरेका थिए ।
फागुन २४ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगितामा टि वर्गरका नरेन्द्र लिम्वु उत्कृष्ट खेलाडी हुँदै नगद १० हजारका साथमा ट्रफी हात पारेका छन । यसै गरी अन्य विद्यामा उत्कृष्ट मिडफिल्डर मिया सान मियाका राजेश खड्की, उत्कृष्ट गोल रक्षकमा मिया सान मियाका सञ्जिव खड्की, उत्कृष्ट फरवार्डमा मिया सान मियाका नविन न्यौपाने, उत्कृष्ट डिफेण्डरमा टि वर्गरका नरेश थापा भएका छन । उत्कृष्ट हुने सवै विद्यागत खेलाडीले नगद ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।
उपाधि विजेता र उपविजेताले दिए जितेको रकम कल्याणकारी कार्यलाई
“चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को उपाधि विजेता मिया सान मिया र उपविजेता टि वर्गरले जितेको रकम कल्याणकारी कामको लागि हस्तान्तरण गरेका छन । मिया सान मियाले आफ्ना टिमका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी नविन न्यौपानेकी क्यान्सर पिडित आमाको उपचारका लागि हस्तान्तरण गरेको छ । टिमका कप्तान समेत रहेका नविन पाण्डेले उक्त रकम सहकर्मी न्यौपानेलाई समापन समारोहमा हस्तान्तरण गरेका थिए ।
यसैगरी उपविजेता टोली टि वर्गरले पोखरामा महिला र वालवालिकाको क्षेत्रमा कार्यरत सञ्जिवनी समुहलाई हस्तान्तरण गरेको छ ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुंवर, संस्थाका अध्यक्ष दिल बहादुर गुरङ, तमु धि यूकेका अध्यक्ष कमल गुरुङ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, सहारा यूकेका महासचिब धनु पुरन थकाली, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, संस्थाका महासचिब याम गुरुङ, भूतपूर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष खड्ग बहादुर रानाभाट, संस्थाका प्रमुख सल्लाहाकार दिनेश श्रेष्ठ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो