आहा ! रारा गोल्डकपको तयारी तीव्र, ८ टोलीको सहभागिता

आहा ! रारा गोल्डकपको तयारी तीव्र, ८ टोलीको सहभागिता

press meet sahara

पोखरा । सहारा क्लब पोखराद्वारा आयोजना हुने मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

पोखराको रंगशालामा आगामी चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुने १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको शनिबार सम्पन्न पत्रकार सम्मेलनमार्फत् आयोजकले जानकारी दिएको हो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैंया हात पार्नेछ भने उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजकले १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जनाएका छन् ।

उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहने छ । नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफिर्कन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखराको सहभागिता हुने भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds