संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला

samsadiye 2

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् । मञ्चको आज पोखरामा सम्पन्न दोश्रो अधिवेशनले कोइरालाको अध्यक्षमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

मञ्चको उपाध्यक्ष अमृत सुवेदी, सचिव रोहितराज पराजुली, कोषाध्यक्षमा तारा चापागाईं दुवे र सहसचिवमा युवराज श्रेष्ठ निविरोध निर्वाचित भए ।

यसैगरी सदस्यहरुमा प्रकाश ढकाल,वासुदेव पौडेल, विशन क्षेत्री, उमा आले मगर, युवराज गुरूङ (युनिश) र उमेश पुन मगर चयन भएका छन् ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले अधिवेशनको उद्घाटन गरेका थिए । प्रदेशसभा लगायत संसदीय विधामा कलम चलाउने पत्रकारहरु संसदीय पत्रकार मञ्चमा आवद्ध रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ