इटलीमा पर्सिदेखि धेरैजसो क्षेत्रका पसल, रेष्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम फेरि बढ्दै गएपछि इटलीमा प्रतिबन्धात्मक नियम लागू गरिने भएको हो ।
प्रधानमन्त्री मारिओ द्राघीले महामारीको चेतावनीपछि पर्सिदेखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको बीबीसीले जनाएको छ । त्यहाँको पर्व इस्टरका बेला इटलीमा अप्रिल ३ देखि ५ सम्म पूर्णरुपमा बन्द हुने छ ।
इटालीमा कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ । अहिलेसम्म इटलीमा एक लाखभन्दा धेरै कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ । झण्डै ३२ लाख मानिस सङ्क्रमित छन् ।
कोरोना भाइरसविरुद्धको खोप अभियानसमेत प्रभावित भइरहेको छ । इटलीले अक्सफोर्ड(एस्ट्राजेनेकाले विकास गरेको खोप अभियानसमेत स्थगित गरेको छ ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते