पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकद्वारा आयोजित “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को उपाधिका लाथि टि वर्गर ललितपुर र मिया साना मिया काठमाडौ भिड्ने भएका छन ।
शुक्रबार सम्पन्न सेमीफाइनल खेलमा टि वर्गर ललितपुर र मिया साना मिया काठमाडौले आ–आफ्नो खेल जित्दै उपाधिका लागि स्थान पक्का गरेका हुन । पहिलो सेमीफाइनल खेलमा टि वर्गरले नवलपरासी भेट्रान्सलाई टाईव्रेकरमा २–१ ले पराजित गर्दै उपाधिका लागि स्थान शुरक्षित गरेको छ ।
खेलको निर्धारित समयमा दुवै टिमले २–२ गोल गरेपछि खेल टाइ व्रेकरमा पुगेको थियो । पहिलो पटक सहभागीता जनाएको नवलपरासीका तर्फबाट हिरा बहादुर गुरुङ र दिपक बहादुर थापा मगरले १–१ गोल गरेका थिए भने टि वर्गरका लागि कृष्ण मालाकार र भूपेन लिम्वुले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच भएका टि वर्गरका किपर सञ्जय ठाकुरले नवलपरासीका खेलाडीको प्रहारको बचाउ गर्दै टिमलाई फाइनलको यात्रा तय गराए ।
यस्तै दोश्रो सेमीफाइनलको खेल पनि उत्तिकै प्रतिष्पर्धात्मक रह्यो । पहिलो पटक सहभागी बनेका मनाङ मर्स्याङदी भेट्रान्स काठमाडौ र मिया सान मिया काठमाडौ विचको खेल निर्धारित समयमा कुनै गोल हुन नसक्दा खेलको नतिजाका लागि टाई व्रेकर पर्खिनु पर्यो । मिया सान मियाले २ गोल गर्दा मनाङका सवै प्रहार खेलको म्यान अफ दि म्याच भएका मिया सानका किपर सञ्जिव खड्कीले बचाउ गरे । मिया सानले खेलमा २–० ले जित्दै फाइनलमा स्थान पक्का बनायो ।
“स्वास्थका लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मुल नाराका साथ आयोजित उक्त प्रतियोगिताको फाइनल खेल शनिवार २ बजे शुरु हुने प्राविधिक संयोजक खगेन्द्र गौचनले जनाएका छन । ४० वर्ष देखि ६५ वर्ष उमेर समुहका खेलाडी सहभागिता रहेको प्रतियोगितामा उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख द्वितियले नगद रु. ५५ हजार पांच सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रत्येक खेलाडिलाई प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने