पश्चिमाञ्चल होटल संघ पोखराले होटलका कर्मचारीहरुलाई शुक्रबार राहत सामग्री वितरण गरेको छ । कोभिड– १९ को संक्रमणबाट प्रभावित विभिन्न होटलका एक सय जना कर्मचारीका लागि खाद्यन्न सामग्री वितरण गरिएको हो । राहत प्राप्त गर्नेहरु आर्थिक रुपले प्रभावित अति विपन्न भएको संघले जनाएको छ ।
ग्रिन अम्ब्रेला युकेबाट उपलब्ध गराइएको चामल, दाल, तेल, नून लगायतका सामग्री वितरण गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य राजिव पहारीले समस्यामा परेका होटलका कर्मचारीका लागि राहात प्रदान गरिनु सराहनीय कार्य भएको बताए ।
संघका अध्यक्ष विकल तुलाचनले कोभिड– १९ का कारण सिंगो पर्यटन क्षेत्र नै प्रभावित भएको भन्दै यसबाट होटलका कर्मचारी समेत समस्यामा परेका कारण राहत वितरण गरिएको जानकारी दिए । पोखरा बाहेक अन्य क्षेत्रमा समेत ग्रिन अम्ब्रेलाले यसप्रकारको राहात वितरण गरेको जनाइएको छ ।
कार्यक्रम संयोजक भिक्षु सागर धम्मले राहात वितरण गरिनुको उद्धेश्यबारे प्रष्ट पारेका थिए । सो अवसरमा संघका सल्लाहकार गोविन्दराज पहारी र पोखरा– ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो