पोखराका हिमालय क्लवद्वारा लहरे वाली वितरण

पोखराका हिमालय क्लवद्वारा लहरे वाली वितरण

bali bitaran

पोखरा १६ वाटुलेचौरमा रहेको हिमालय क्लवले कृषिको प्रर्वद्घन गर्ने उद्घेश्यले लहरे वालीका विरुवा वितरण गरेको छ ।

क्लवमा आवद्घ आजीवन सदस्यलाई एक कार्यक्रमका विच घिरौला, काक्रा लगायतका विभिन्न जातका ८ सय वटा लहरे वालीका विरुवा वितरण गरेको कार्यक्रम संयोजक पुष्पराज अधिकारीले जानकारी दिए  ।

कायृक्रमको क्लवका मानार्थ सदस्य एवं कृषिविज्ञ वेनी व वस्नेतले सल्लाहाकार तारा प्रसाद तिमिल्सीनालाई विरुवा हस्तान्तरण गरी शुभारम्भ गरेको हो । वस्नेतले कृषि क्षेत्रको प्रर्वद्घन र विकासका लागी हरेक सदस्य कुनै न कुनै कृषि कर्ममा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रम संयोजक पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि संजाल पोखरा १६ का संयोजक सुवासवावु अधिकारी, क्लवका अध्यक्ष मोहन थापा, सचिव प्रकाश थापा लगायतले क्लवले गरेका गतिविधीको चर्चा गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds