ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेर पनि बन्द गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि आवेदन दिन सक्थे ।
लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिने ब्यबस्था गरिएको थियो
ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर आइपिओमा हालसम्मकै धेरै आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेका अनुसार १८ लाख ४ हजार ६४८ जनाले आवेदन दिएका छन्। सो संख्याले ३ करोड ८० लाख ५७ हजार कित्ताका लागि आवेदन दिएका छन्। साँझ ५ बजेसम्म सो संख्याको आवेदन परेको हो ।
कम्पनीको आइपिओ गत शुक्रबारदेखि बिक्री खुल्ला गरिएको थियो । कुल ६६ लाख कित्ता सर्वसाधारण समूहको सेयर जारी भएको हो । जसमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडिनेछ । आइपिओ भरेकामध्ये ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले पाउने छन्, १२ लाखको हात रित्तो हुनेछ । यीमध्ये प्रक्रिया नपुगेका आवेदन पहिले नै अस्वीकृत हुनेछन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो