लमजुङ- पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ राइनासकोट पर्यटन महोत्सव शुरु गरिएको छ । तीनदिन सञ्चालन हुन लागेको महोत्सव ‘ग्रामीण संस्कृति जोगाउ हाम्रो नारा १ खेलकूद विकास गरौँ’ भन्ने नाराका साथ राइनास नगरपालिका–९ मा राइनासकोट सामुदायिक घरवास समितिको आयोजनामा शुरु भएको हो ।
नगर प्रमुख सिंहबहादुर थापाले महोत्सवका माध्यमबाट देशविदेशमा प्रचारप्रसार हुने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । राइनासकोटलाई नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै आएको उनको भनाइ छ । वडा नं ९ का वडाध्यक्ष देवबहादुर थापाले यस्ता महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने भएकाले बेलाबेला जिल्लाका विभिन्न गाउँमा समेत आयोजना हुनलाई जरुरी रहेको बताए ।
महोत्सवका आयोजक राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर गुरुङले पहिलो पटक महोत्सव सञ्चालन गरेर गाउँमा पर्यटक भित्र्याउनका लागि गरिएको बताए । कोरोना सङ्क्रमणपछि पर्यटकको सङ्ख्यामा कमी भएकाले पर्यटक भित्र्याउनका लागि महोत्सव सञ्चालनले मद्दत पुग्ने आयोजकको अपेक्षा रहेको छ ।
बिहीबारदेखि शुरु भएको महोत्सवमा लोकदोहोरी तथा लोक गायक राजु परियार, सरिता दर्नान, प्रशान्त तमाङ, रितु थापा, सुवास छितिज कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा १२ कक्ष राखिएका छन् । महोत्सवमा विभिन्न स्थानबाट अवलोकनका लागि सयौँको सङ्ख्यामा उपस्थित भएका छन् ।
त्यस्तै राइनासकोट पर्यटन कप सञ्चालन हुने भएको छ । उक्त समितिको आयोजनामा यहाँ आजदेखि पुरुष तथा महिलाका लागि भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको छ । प्रतियोगितामा पुरुष भलिबलतर्फ विजयी टोलीले रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टोलीले रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै तृतीय हुने टोलीले रु ३० हजार, मेडल र प्रमाणपत्र तथा शान्त्वना हुने टोलीले रु २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै महिलातर्फ प्रथम टोलीले रु २५ हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय पुरस्कार रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सो समितिका अध्यक्ष गुरुङको भनाइ छ । यस गाउँमा १७ घरमा घरवास सञ्चालनमा छन् ।
घरवासबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे«, मनास्लु, बौद्ध, गणेश हिमाललगायतको १८ हिमाल देख्न सकिन्छ । विश्वकै पहिलो योगस्तम्भ पनि राइनासकोटमा रहेको छ । ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेवलगायत ऐतिहासिकस्थलसमेत रहेका छन् । नेपालका बाइसेचौबीसे राज्यकालमा लमजुङका राजा यशोबह्मा शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो