आफू निकट स्थायी कमिटी सदस्यसँग छलफलमा नेपाल

आफू निकट स्थायी कमिटी सदस्यसँग छलफलमा नेपाल

madhav-kumar-nepal

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटेका छन् । बानेश्वरको एक होटलमा जारी छलफलमा एमालेभित्र अपनाउने रणनीतिबारे छलफल भइरहेको एक सदस्यले जानकारी दिए । स्थायी कमिटीमा नेपालको पक्षमा ११ सदस्य छन् ।

नेपालले बुधबार आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेका थिए । भेलाले वामपन्थी सरकारको निरन्तरता, एमाले एक ढिक्का र असहमतिका विषयमा पार्टीभित्रै संघर्षको नीतिलाई अगाडि सार्ने रणनीति निश्कर्ष निकालेको थियो । साथै एमालेलाई एकताबद्ध गर्ने निर्णायक भूमिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै रहेको र विगतका सबै कुराहरुलाई बिर्सनु पर्ने निष्कर्ष पनि भेलाको थियो ।

त्यसका लागि तत्काल स्थायी र केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्नुपर्ने माग यो समूहको छ । सर्वोच्च अदालले एमाले ब्युँत्याइदिएपछि पनि ओली समूह र नेपाल समूहबीच छलफलसमेत भएको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds