म्याग्दीको गलेश्वरमा ट्याक्सी दुर्घटना, ४ जना घाइते

म्याग्दीको गलेश्वरमा ट्याक्सी दुर्घटना, ४ जना घाइते

accidentt

म्याग्दीको बेनपा ९ गलेश्वरमा ट्याक्सी दुर्घटना हुदाँ कुश्म नगरपालिका २ बाट गलेश्वर शिवालय मन्दिरमा पुजा गर्न आएका एक बालक सहित  ४ घाइते भएका छन् ।

गलेश्वर मन्दिरमा पूजा गरेर ट्याक्सी चढी घर फर्कँदै गरेका लक्ष्मी शर्मा, सुनिता शर्मा, हिमलाल शर्मा र पृथ्वीनारायण शर्मा घाइते भएका प्रहरीले जानकारी दिएको छ।

ट्याक्सी सडकदेखि करिब ८० मिटर तल खसेको जनाइएको छ। चालकले ट्याक्सी स्टार्ट गरेर बाहिर निस्केको अवस्थामा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

घाइतेको टाउको र शरीरका विभिन्न अंगहरूमा चोट लागेको छ। घाइतेको अवस्था खतरामुक्त रहे पनि एक जनालाई थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको म्याग्दी अस्पतालले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ