तनहुँको एक दम्पतीले चितुवासँग लडेर यसरी बचाए छोरा

तनहुँको एक दम्पतीले चितुवासँग लडेर यसरी बचाए छोरा

chituwa akraman

तस्बिर: अमरराज नहर्की

तनहुँको एक दम्पतीले चितुवासँग लडेर छोरालाई बचाउन सफल भएका छन् ।

बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन सफल भएका हुन् ।

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा  बच्चालाई चितुवाले आक्रमण गरेको थियो ।

साथमै रहेको छोरालाई चितुवाले आक्रमण गरेपछि बाबाआमा चितुवामाथि जाइलागे पछि चितुवा भागेको थियो । चन्द्रबहादुर चेपाङले चितुवाले छोराको घाँटीमा समाते पछि दुवै जना चितु्वामाथि जाइलागेको बताए ।

चितु्वाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ भने चितुवासँग भिड्दा बाबा र आमालाई सामान्य चोट लागेको डिभिजन वन कार्यालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ