पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो ।
ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन् ।
उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक राति २ बजे दुर्घटना भएको हो ।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते