आफन्तकोमा निम्तो मान्न गएका युवक दुई दिनपछि खोल्सामा मृत भेटिए

आफन्तकोमा निम्तो मान्न गएका युवक दुई दिनपछि खोल्सामा मृत भेटिए

Death dead

सांकेतिक तस्विर

बाग्लुङ – आफन्तको घरमा निम्तो मान्न गएका निसिखोला गाउँपालिका वडा नं -२ लेवाङका एक १७ वर्षीय युवक मृत अवस्थामा भेटिएका छन् ।

सोमबार दिउँसो सोही स्थानको साप्ले भन्ने स्थानमा आफन्त कहाँ निम्तो मान्न गएका लेवाङ निवासी डम्बर कामीको १७ वर्षीय छोरा जोगलाल कामी बुधबार दिउँसो घरदेखि अन्दाजी तीन किलोमिटर टाढा झ्याउरे खोलाको बाटोबाट २०० मिटर तलको खोल्सामा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार निम्तो मानेर फर्किएका जोगलाल साँझ अबेरसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयले खोजतलास गर्दै जाँदा आज अन्दाजी दिउँसो १२ बजेको समयमा उक्त स्थानमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds