तनहुँको म्याग्दे गाउँपालिका–ं १ गुणादीका बामदेव खनालले घाँस बेचेर नै मनग्य आम्दानी गर्दै आएका छन् । खनाल नामसँगै दाम कमाउन थालेपछि यतिखेर उनी घाँसी नामले परिचित छन् ।
भानुभक्त आचार्यलाई आदिकविको स्थान र सम्मानमा घाँसीको प्रेरणाले पु-याएको थियो । उनी तनहुँकै थिए । ‘राष्ट्रिय घाँस गुरु’ पुरस्कारबाट पुरस्कृत खनालले २३ वर्षदेखि घाँस खेती गर्दै आएका छन् ।
पछिल्ला वर्षमा धेरैले घाँसी बा भनेर बोलाउँदा आफूलाई निकै खुशी लाग्ने गरेको उनले बताए । घाँस बेचेर राम्रो आम्दानी गरेका उनले यसै वर्ष असार र साउन महिनामा २० लाख रुपैयाँ बराबरको घाँसको बेर्ना बिक्री गरेको बताए ।
पाँच वर्षयता यस पटक धेरै कमाइ भएको उनले बताए । कोरोना भाइरसको सङ्क्रमणले कृषि पेशाप्रति मानिसको चासो बढेकाले घाँसको माग बढेको छ । करीब एक सय रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस खेती गर्दै आएको बताउँदै उनले ६० रोपनी आफ्नै र ४० रोपनी जग्गा भाँडामा लिएका छन् ।
खनालले बडहर, राइखनियो, टाँकी, कोइरालो, बकाइनो, पाखुरी, चिउरीलगायतको डाले घाँस तथा सुपर नेपियर, सियोफोर, सम्बा सेटारिया, पास पालम, मुलाटो र बलामेलगायत उन्नत र भूइँ घाँसका बिरुवा बिक्री गर्दै आएका छन् ।
पछिल्लो समय सुपर नेपियरको बिरुवा माग धेरै भएकाले अब त्यसतर्फ बढी चासो देखिएको छ । पन्ध्र फिटसम्म अग्लो हुने, पात मोटो हुने र नढल्ने तथा सुख्यायाममा पनि धेरै समयसम्म हरियो हुने भएकोले माग धेरै आएको बताइएको छ । दुई आँख्लाको पाँच रुपैयाँका दरले घाँसको बिरुवा बिक्री हुने गर्छ ।
परम्परागत तरिकाले निर्वाहमुखी भैँसीपालन गर्ने साधारण किसान खनाललाई २३ वर्ष अघिसम्म बिहान र बेलुका हातमुख जोड्न पनि धौधौ थियो । भैँसी पाल्न कृषि विकास बैंकबाट लिएको क्रृण तिर्न नसक्दा धितोमा राखेको जग्गा लिलाम भएको तितो अनुभव पनि खनालसँग छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते