प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

samsad

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । निधन भएका सांसदहरुको नाममा शोक प्रस्ताव पारित गरेर बुधबारको संसद बैठक स्थगित भएको हो ।

अब चैत ३ गते प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।

प्रनिधितिसभा सदस्यहरु सानु शिवा, सूर्यबहादुर केसी, प्रतिनिधिसभाका पूर्व सदस्य दीपकबहादुर गुरुङ्ग, डा. राममान श्रेष्ठ, वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ्ग लिम्बु, कमानसिं लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा, डा. शंकरप्रसाद उप्रेती तथा संविधानसभा सदस्य मानपुर चौधरी र भीमप्रसाद गौतमको निधनको शोकमा प्रस्ताव पारित गरेको हो ।

यसअघि गएको आइतबार पुनर्स्थापित संसदको पहिलो बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ