युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्डले अन्तिम आठमा स्थान पक्का गरेको । तर, क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस् भने अन्तिम १६ बाटै बाहिरिएको छ ।
लिगअन्तर्गत गएराति भएका अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डले सेभिल्लालाई पारजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो । युभेन्टस भने पोर्चुगिज टोली एफसी पोर्टोसँग पराजित हुँदै लिगबाट बाहिरिएको छ ।
गएरातिको दोस्रो लेगमा डर्टमण्डले स्पेनिस क्लब सेभिल्लासँग २-२ गोलको बराबरी खेल्यो । तर, पनि समग्रमा ५-४ गोल अन्तरका साथ डर्टमण्ड क्वाटरफाइनलमा पुगेको छ ।
डर्टमण्डका लागि इर्लिङ हालान्डले दुवै गोल गरे । उनले खेलको ३५औँ पहिलो गोल तथा ५४औँ मिनेटमा पेनाल्टीमार्फत हालान्डले दोस्रो गोल गरे । यता सेभिल्लाका लागि युसुफ निसेरीले ६८औँ र अतिरिक्त समयमा गोल गर्दै खेल बराबरी गरे ।
तर, पहिलो लेगमा आफ्नै मैदानमा सेभिल्ला डर्टमण्डसँग ३-० ले पराजित भएको थियो । जसका कारण सेभिल्ला बाहिरियो भने डर्टमण्ड समग्रमा ५-४ गोल अन्तरका साथ क्वाटरफाइनल पुग्न सफल भयो ।
यता, इटालियन जायन्ट युभेन्टसले पोर्टोलाई दोस्रो लेगमा ३-२ गोल अन्तरले पराजित गरेपनि समग्रमा अवे गोलका आधारमा पोर्टोले क्वाटरफाइनल यात्रा तय गर्यो । पहिलो लेगमा पोर्टोले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको थियो थियो ।
युभेन्टसको मैदानमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई १९औँ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा फेडेरिको किएजाले युभेन्टसका लागि बराबरी गोल गरेका थिए ।
किएजाले ६३औँ मिनेटमा गोल गर्दै २–१ ले युभेन्टसलाई अघि बढाए पनि समग्रमा खेल भने बराबरीमा ल्याएका थिए । त्यसपछि अतिरिक्त समयको ११५औँ मिनेटमा पोर्टोका लागि सर्जियोले तथा ११७औँ मिनेटमा युभेन्टसका लागि एड्रियन राविअटले गोल गरे ।
त्यसपछि दुवै लेग समग्रमा ४–४ गोलको बराबरीमा टुंगिएपनि युभेन्टस अन्तिम आठको यात्रा तय गर्न असफल भयो । युभेन्टसको घरमा धेरै गोल गरेकाले अवे गोलका आधारमा पोर्टो अन्तिम ८ मा पुग्न सफल बन्यो ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते