आज पोखरामा सार्वजनिक बिदा, स्कुल कलेज भने खुल्ने

आज पोखरामा सार्वजनिक बिदा, स्कुल कलेज भने खुल्ने

Pokhara-City

पोखरा । पोखरा उपमहागनरपालिकाबाट महानगरपालिका घोषणा भएको ५ वर्ष पूरा भएको छ । २०७३ साल फागुन २७ गते महानगर घोषणा भएको थियो ।

सोहि अवसरमा पोखरा महानगरपालिकाले आज (बुधबार) सार्वजनिक बिदाको सूचना जारी गरेको छ । फागुन १९ गते बसेको कार्यपालिका बैठकको निर्णण अनुसार महानगरपालिका मातहतका कार्यालयहरु बुधबार बन्द रहने सुचना जारी गरेको हो ।

पोखरा महानगर स्थापना दिवसको अवसरमा महानगरले फागुन २६ गते बिदा दिने निर्णय गरेको हो । फागुन २७ गते शिवरात्री परेकाले पोखरा महानगरले २६ गते दिवस मनाउन लागेको हो । महानगरको कार्यालय, वडा कार्यालयहरु सहित त्यस मातहत रहेका महाशाखा तथा शाखा कार्यालहरु बन्द रहनेछन् । महानगरका कार्यालय बिदा हुने भए पनि विद्यायल, क्याम्पस भने बन्द हुनेछैन ।

पोखरा महानगरपालिकाले पाँचौँ स्थापना दिवसको अवसरमा बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम तय गरिएको छ । महागनरले स्थापना दिवस त्रिदवसीय कार्यक्रम आयोजना गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ