पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटन स्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)को प्रमाणपत्र पाएको छ । क्याम्पसले आयोगबाट २०७७ फागुन १४ गते क्युएएको प्रमाणपत्र पाएको सञ्चालक समिति अध्यक्ष प्राडा टंकराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार सबै प्रक्रियामा सफलता प्राप्त गरेकाले आयोगले २०७७ पुस १६ गते प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले आयोगबाट ५ वर्षका लागि प्रमाणपत्र पाएको हो । गुप्तेश्वरसँगै गण्डकी प्रदेशका इन्जिनिरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरा र वालिङ बहुमुखी क्याम्पसले समेत सो प्रमाणपत्र पाएका छन् । पोखराको जनप्रिय बहुमुखी क्याम्पसले समेत प्रमाणपत्र पाइसकेको छ ।
क्याम्पस प्रमुख धर्मराज बरालले प्रमाणपत्र प्राप्तिका लागि आयोगले गुणस्तरका लागि तोकेको नीति, नियम, भौतिक संरचना, शिक्षण सिकाइ क्रियाकलाप, विद्यार्थी मूल्यांकन प्रक्रिया, समुदायसँगको सम्बन्ध, सामाजिक संघ संस्थासँग क्याम्पसको सम्बन्ध, अनुसन्धान, पाठ्यक्रम मूल्यांकन लगायत ८ मापदण्ड पूरा गरेको जानकारी दिए ।
क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रमुख बरालले मापदण्ड तथा त्यस अन्तर्गतका १ सय २० सूचकांकको आधारमा संस्थाले स्वअध्ययन प्रतिवेदन तयार पारी आयोगका पेश गरेको बताए ।
क्याम्पसले शैक्षिक उपलब्धि प्राप्त गरेको खुसीयालीमा सोमबार झाँकी बाजागाजा भजनसहित प्रभातफेरी निकालेको छ ।पोखरा महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीले पर्यटकीय क्षेत्रको जनशक्ति उत्पादन गर्न क्याम्पसले ब्याचलर अफ होटल म्यानेजमेन्टको कार्यक्रम चलाएको बताए ।
गुप्तेश्वर गुफा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष खगराज शर्मा आचार्यले प्रमुख संरक्षकका रुपमा रहेको समितिले गुफाबाट आर्जित रकम शिक्षामा लगानी गर्ने नीति दिएको जानकारी दिए । कार्यक्रममा क्याम्पस सञ्चालक समिति कोषाध्यक्ष ज्ञाज शर्मा वाग्ले, सञ्चालक समितिका सदस्य युवक लामिछाने लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम