काठमाडौं । नेकपा एमाले ब्युँतिएपछि विधान पनि सक्रिय भएको छ । एमालेको विधान अनुसार कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुने उमेरको हद ७० वर्ष हुने व्यवस्था छ । एमालेको विधान २०४९ लाई नवौं महाधिवेशन २०७१ ले संशोधनसहित धारा ६४ को उपधारामा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुने उमेरको हद ७० वर्ष हुने व्यवस्था गरेको हो ।
अब एमालेको विधान सक्रिय भएकाले ७० वर्ष उमेरहद पार गरेका नेताहरुको भविष्य के होला ? चासोको विषय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली ७० टेकेका छन् । अब एमालेको विधान अनुसार उनको भविष्य के हुने ?
एमाले र माओवादी केन्द्रको एकीकरणले ७० कटिसकेका उपाध्यक्ष बामदेव गौतमअवकाशबाट जोगिएका थिए । अब एमालेको विधान सक्रिय भएकाले गौतमबारे पनि प्रश्न उठेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि ७० कटिसकेका छन् । उनी पनि एमालेको विधान अनुसार अवकाशमा पर्नेछन् ।
एमालेले सक्रिय राजनीतिबाट अवकाश पाएका नेताहरु ज्येष्ठ कम्युनिस्ट मञ्चमा रहने व्यवस्था गरेको छ । अब नेकपा एमालेमा ओली, खनाल र गौतमको पद कायमै हुन विधान संशोधन गर्नुपर्ने हुन्छ । शक्तिशाली निकायमा रहेका नेताहरुको अवकाश हुने भएकाले संशोधन हुने सम्भावना पनि छ । तर, ७० वर्ष नकटेका वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका के हुने ? चासोको विषय बनेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने