कोमल वलीद्वारा रघुजी पन्त विरुद्ध गाली–बेइज्जतीको मुद्दा दायर

कोमल वलीद्वारा रघुजी पन्त विरुद्ध गाली–बेइज्जतीको मुद्दा दायर

komal oli ragu pant

राष्ट्रियसभा सांसद् कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको मुद्दा दायर गरेकी छन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध गाली–बेइजतीको मुद्दा दायर गरेकी हुन् ।

तत्कालीन नेकपा प्रचण्ड–माधव नेपाल समूहको विरोध कार्यक्रममा पन्तले राष्ट्रियसभा सदस्य वली विरुद्ध उत्ताउले अभिव्यक्ति दिएका थिए। पन्तले वलीलाई पिँडुला देखाएको भरमा सांसद बनेको आरोप लगाएका थिए।

उनले भनेका थिए, ‘हाम्रो पार्टीमा २०औं वर्ष देखि विवाह नगरी महिलाहरु लागेका छन् । केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद् त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरु न एक पटक राष्ट्रिय सभाको सदस्य पनि हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि हुन पाइन्, केन्द्रीय कमिटीको सदस्य पनि हुन पाइन् ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ