केही दिनयता भिडियो सेयरिङ साइट टिकटकमा धेरै मानिसले एउटा स्थानमा भिडियो बनाइरहेका छन् ।टिकटक हेर्ने जो कोही युजरले पनि त्यसलाई ‘वाउ’ भन्दै हेरिरहेका हुन्छन् । विश्वका अद्भुत स्थानदेखि हिमाल, पहाहड, खोला खोल्ची, पुल पुलेसासहित जंगली जनावरसम्मको फोटो र भिडियोका लागि यो स्थान यतिबेला चर्चित रहेको छ ।
काठमाडौं मलको पाँचौं तलामा रहेको यो आर्ट इन प्याराडाइजमा यस्ता सबैखालका विशेषता पाउन सकिन्छ ।
काठमाडौं मलमा थ्रीडी संग्रहालय ’आर्ट इन प्याराडाइज’ खुलेको छ। मलको पाँचौं तलामा रहेको आर्ट इन प्याराडाइज नेपालकै पहिलो थ्रीडी संग्रहालय भएको सञ्चालकहरू बताउँछन्। यहाँ कोरिएका चित्र झट्ट हेर्दा सामान्य लाग्नसक्छ । तर यहाँ फोटो, भिडिओ खिचाएर हेर्नुस्, थ्रीडी चित्रको भिन्नता आफैं पत्ता लाग्नेछ ।
यहाँ नौ थ्रीडी सेक्सनसँगै एउटा फोरडी र एउटा ३६० डिग्री भ्यू सेक्सन छ । सांस्कृतिक, संसारका सात आश्चर्य, फ्यान्टासी वर्ल्ड, अमेजन जोन, हिमाली भेग, जलीय तथा ध्रुवीय क्षेत्र, एक्वारियम वाकवे र समुद्रको गहिराइ अनुभूति थ्रीडीमा पाउन सकिन्छ ।
फोरडीमा हिमश्रृंखलाको अनुभव पाउन सकिन्छ। हिमालमै पुगेको अनुभव दिन यहाँको तापक्रम –४ डिग्रीसम्म पु-याइन्छ । फिँजको मद्दतबाट ’हिउँ’ पनि पारिन्छ । यो सेक्सनमा हिमालको टुप्पोमा पुगेर झन्डा फहराउँदै फोटो र भिडिओ खिचाउन सकिन्छ ।
यहाँको थ्रीडी सेक्सनमा एकपटकमा ६० जनासम्म र फोरडी सेक्सनमा १५ जनासम्म अटाउने क्षमता छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते