एमालेमा भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सहकार्यमा रहेका छन् । नेपाल पक्षका नेताहरु संकटमा परिरहेका बेला अहिलेको संकट टार्नका लागि प्रधानमन्त्री ओली र नेपाल पक्षका दोस्रा तहका नेताहरु परामर्शमा जुटेका छन् ।
नेपाल पक्षका एक नेताले भने– ‘दुई पार्टी अलग भएको अवस्थामा अहिलेको पार्टी जोगाउन र कार्यकर्ताको मनोबल उच्च बनाउन दुई पार्टीबीचको गठबन्धन बनाउनुपर्छ भन्ने विषयमा छलफल अगाडि बढेको छ ।’
उनका अनुसार तत्काल प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिने र ओली पक्षबाटै पुनः प्रधानमन्त्री बनाउन सकिने गरी परामर्श शुरु भएको छ ।
प्रधानमन्त्री ओलीले राजीनामा दिन तयार भएको अवस्थामा दुई पार्टीको गठबन्धनमा पुनः वाम गठबन्धनकै सरकार गठनमा दोस्रा तहका नेताहरु सक्रिय बनेका छन् ।
सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपालको समूहको अन्तिम स्थायी समिति बैठकले पनि पार्टी एकतालाई नयाँ शिराबाट शुरू गर्ने निष्कर्ष निकालेको छ ।
नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको विषयमा फेरि छलफल गर्नुपर्ने बताए ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने