सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा सुरक्षा गार्डमा जीटुजी सम्झौता गरेर नेपाली श्रमिक कतार पठाउने विषयमा नेपालका लागि कतारका राजदूतसँग एक-दुुई चरण छलफल भएको जानकारी दिए ।
उनले भने, यस यसअघि कतारसँग गरेको सम्झौता संशोधन गर्नुुपर्छ । अब गरिने नयाँ सम्झौता जीटुुजीबाटै श्रमिक पठाउनुुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ र यस विषयमा कतारका राजदूत पनि सकारात्मक छन् ।
कतार श्रमिक पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तवरबाटै श्रमिक पठाउने गरी अब छिट्टै विज्ञसहितको टोलीसँग छलफल गर्ने तयारी भएको पनि मन्त्री चौधरीले जानकारी दिए ।
कतारको सुरक्षा गार्डमा पठाउने भन्दै केही समयअगाडि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले अवैध अन्तर्वार्ता लिएका थिए र ती म्यानपावरलाई वैदेशिक रोजगार विभागले कानुनअनुसार कारबाही पनि गरिसकेको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने