पूर्व एमाले र पूर्व माओवादी अलग भएर जाने, प्रचण्डसँग माधव र झलनाथ छुट्टिए

पूर्व एमाले र पूर्व माओवादी अलग भएर जाने, प्रचण्डसँग माधव र झलनाथ छुट्टिए

cpn uml moist

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गरेको छ।

नेकपा कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले अलग भएर जाने निर्णय गरेको नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताए। उनको अनुसार अब पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जानेछन्।

उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चकाे निर्णयमा पुनरावलोकनकाे माग गरिने बताए । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए । औपचारिक निर्णय आउन भने बाँकी नै छ ।

नेपाल पक्षले त्यसअघि राजधानीको एक होटलमा बसेर नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो। नेपाल पक्षका अधिकांश सदस्यले पार्टी एकता जोगाउन प्रचण्ड पक्ष ओली पक्षसँग मिल्न सुझाव दिएको हो।

नेता रघुजी पन्तले अझैपनि नेकपा एकता जोगाउन प्रयास गर्नुपर्ने बताए । पन्तले बैठकमा सकभर देशको विकास र सम्मृद्धिका लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको भन्दै शीर्ष नेताहरुले त्यस्तो पहल गर्नुपर्ने धारणा राखे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ