तनहुँमा गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा युवक गम्भीर घाइते

तनहुँमा गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा युवक गम्भीर घाइते

thanau accident

तनहुँको आँबुखैरेनीमा दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा गाडीको ठक्करबाट पैदलयात्री एक युवा गम्भीर घाइते भएका छन् ।

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग २ च ३६५० नंं को डिआई गाडीले पैदलयात्री आँबुखैरेनी निवासी ४० वर्षीय चोलबहादुर बाचे मगरलाई ठक्कर दिई घाइते बनाएको हो ।

गाडीको ठक्करबाट गम्भीर मगरलाई उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ