करेन्ट लागेर सह–चालकको मृत्यु

करेन्ट लागेर सह–चालकको मृत्यु

current

मोरङमा करेन्ट लागेर सह–चालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको हो ।

आईतबार राति ९ बजे दुहबी– २ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका उनको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ