विप्लव र रेखा थापाको भेट

विप्लव र रेखा थापाको भेट

biplab

नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव र अभिनेत्री रेखा थापाबीच भेटवार्ता भएको छ । सरकारले नेकपालाई प्रतिबन्ध लगाउँदा नै यसको विरोध गरेकी थापाले शान्तिपूर्ण राजनीतिमा आएसँगै विप्लवलाई भेटेपछि यो भेटमा के कुरा भयो भन्ने विषयले चासो उत्पन्न गरेको छ । थापाले आफूले विप्लवलाई भेटेर शान्तिपूर्ण राजनीतिमा आएकोमा बधाइ दिएको बताएकी छिन् ।

जनताको अगुवाइ गर्ने नेता शान्तिपूर्ण राजनीतिमा आउनु आवश्यक भएको भन्दै थापाले विप्लवको यो कदम सही भएको र हामी सबैले यसको स्वागत गर्नुपर्ने बताइन् । थापाले विप्लवलाई बधाइसँगै आगामी राजनीतिक जीवनको लागि शुभकामना समेत दिएको बताएकी छिन् । लामो समयसम्म भूमिगत रहेका नेकपा महासचिव विप्लव गएको शुक्रबार राष्ट्रिय सभागृहबाट सार्वजनिक भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ