एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

see slc 11 12 +2

आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई०को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ ।

पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी सम्बद्ध अधिकारीले दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका एसईईतर्फका परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रमबाट प्रश्नसमेत आउने जानकारी दिए ।

उनले भने, “हामीले पढाउने कुराको सहजताका लागि कुन विद्यार्थी स्वअध्ययन गर्ने र कुन शिक्षकले पढाउने भन्ने हिसाबले सङ्क्षेपीकरण गरिएको हो, परीक्षाका लागि होइन ।” विद्यार्थीले सबै पाठ्यक्रमबाट प्रश्नपत्र आउन सक्छ भन्ने हिसाबले परीक्षाको तयारी अघि बढाउनुपर्ने उनले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds