कांग्रेसले पनि गर्‍यो प्रतिनिधिसभा बैठक विरोध

कांग्रेसले पनि गर्‍यो प्रतिनिधिसभा बैठक विरोध

kangresh

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसद बैठक अवरुद्ध गरेको छ ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संविधानको भावनाविपरीत ल्याइएका अध्यादेशहरू स्वीकार गर्न नसकिने बताएकी छिन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानविपरीत भएकोले संसदमा पेश नहुँदै फिर्ता लिनुपर्ने भुसालले बताएकी थिइन् ।

‘संवैधानिक परिषद् भनेको प्रधानमन्त्रीले नियुक्त गर्ने होइन । राज्यले नियुक्त गर्ने ठाउँ हो । संसदको भावना विपरीत अध्यादेश ल्याएर संवैधानिक नियुक्ति गर्ने कामको विरुद्धमा हामी छौं । अध्यादेश फिर्ता लिन प्रमुख प्रतिपक्षी दलको रुपमा माग गर्छौ’ , भुसालले भनिन् ।

भुसालको भनाइ सकिएपछि सभामुखले कानून मन्त्रीलाई सो अध्यादेश पेश गर्न समय दिएपछि कांग्रेसका सांसदहरू उठेर विरोध जनाएका छन् ।

कांग्रेसको अवरोधपछि सभामुखले कांग्रेस मुख्य बालकृष्ण खाँडलाई बोल्न समय दिएका छन् । खाँडले संविधान प्रतिकूल भएकोले अध्यादेश फिर्ता लिन माग गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds