आइतबार गण्डकीमा ३२३ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि, २१ जना कोरोनामुक्त

आइतबार गण्डकीमा ३२३ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि, २१ जना कोरोनामुक्त

157255488_287195419494335_704866132453801818_n

पोखरा – आइतबार पोखराका ९ सहित गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार आज गण्डकीका ३२३ जनामा गरिएको परीक्षणमा थप १८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ४ जिल्ला कास्की, तनहुँ, पर्वत र बाग्लुङ जिल्लाका छन् । जस अन्तर्गत कास्कीको पोखरा महानगरका ९ जना, तनहुँका ५ जना, पर्वतका १ जना र बाग्लुङ जिल्लाका ३ जना छन् ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार १४७ पुगेको छ, जसमा १९६ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट २१ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ७४६ पुगेको छ, भने संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds