नेकपा दाहाल- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान ११ बजे सभामुख सापकोटाको कार्यकक्षमा पुगेर दाहाल-नेपालले भेटवार्ता गरेका हुन् ।आज बिहान ११ बजे भेटघाट सभामुख ज्यू, दाहाल र नेपालबीच भेटघाट भएको छ तर के-के कुरा भयो थाहा भएनु संसद् सचिवालय स्रोतले भन्यो ।
प्रतिनिधि सभा बैठक बस्नुअघि सभामुख सापकोटासँग अध्यक्षद्वयले गरेको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रतिनिधि सभाका सातौँ अधिवेशन आजदेखि शुरुवात हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् । सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्न लागेको प्रतिनिधि सभाको बैठक निकै चासोको साथ हेरिएको छ ।
एउटै पार्टी तर दाहाल-नेपाल समूह र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहको छुट्टाछुट्टै संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेका थिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम