पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा.उषान्त आचार्यको नेतृत्वमा निःशुल्क स्वास्थ्य परीक्षण

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा.उषान्त आचार्यको नेतृत्वमा निःशुल्क स्वास्थ्य परीक्षण

gandaki hospita

व्यास नगरपालिका–१ वडा कार्यालयको आयोजना तथा लोकप्रिय मेडिकल सेन्टरको सहयोगमा शनिबार ११६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा. उषान्त आचार्यको नेतृत्वमा पाँच जनाको स्वास्थ्य टोलीको सहयोगमा वडावासीका लागि नाक, कान र घाँटीसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षण गरिएका ७३ महिला र ४३ पुरुषमध्ये २७ जना शल्यक्रिया गर्नुपर्ने प्रकृतिको बिरामी रहेको बताइएको छ । स्वास्थ्य परीक्षण गराएका ३८ ज्येष्ठ नागरिकमध्ये २० पुरुष र १८ महिला रहेको आधारभूत स्वास्थ्य केन्द्रका अनमी सञ्चिता मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds