पोखराको बुलौदीमा स्कुल बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखराको बुलौदीमा स्कुल बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

accident lakeside

पोखराको बुलौदीमा आइतबार बिहान स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा एक पुरूषको मृत्यु भएको छ ।बिहान ६ बजेतिर भएको दुर्घटनामा ग५प ८३६४ नम्बरको स्कुटरका चालक ४७ बर्षिय जीतबहादुर राईको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

राई धनकुटा सहिद भुमी गाउँपालिका घर भई पोखरा ६ लेकसाइड बस्दै आएका थिए । ठक्कर दिने स्कुल बसको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । सो क्षेत्र दुर्घटना जोखिम क्षेत्र हो । बर्सेनि धेरै दुर्घटनाहरू भइरहेका छन् । ओरालो र घुम्ती सडकका कारण पनि दुर्घटनाको जोखिम बढेको छ । यसअघि, पछिल्लो पटक फागुन २ गते दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ