नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव आफूले कोरेको बाटोमा आइपुगेको प्रतिकृया दिएका छन् ।
शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो प्रतिकृया दिएका हुन् । उनले कार्यक्रममा भने, ‘विप्लवजी अन्तत्वगत्वा मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु । छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु।’
यस्तै उनले विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताए । ‘जहाँसम्म मैले उहाँलाई जानेको छु, चिनेको छु । उहाँ यही ठाउँमा यही लाइनमा यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउने छ, त्यो दिन तपाईं यहाँ हुने हुने छ भनेको थिएँ ।’
विप्लवले अर्को प्रचण्ड भन्ने प्रयास गरेपनि असफल भएको उनको भनाइ थियो । ‘अर्को प्रचण्ड अहिले हुँदैन भनेको थिएँ। उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । त्यसकारण उहाँलाई धन्यवाद दिन्छु ।’
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते