पोखराबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्की जिल्ला पोखरा महानगरपालिका-२९ मुसेटुडा बस्ने वर्ष १९ को प्रकाश अधिकारी र पोखरा – ३० ढुङ्गेपाटन बस्ने वर्ष ३५ को राज कुमार मगर रहेका छन् ।
कास्की जिल्ला पोखरा महानगरपालिका-३० पावर हाउस स्थित खटिएको प्रहरीको चेकिङ टोलीले काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको बा २ ख ५४४७ नं. को हाइसमा सवार निम्न व्यक्तिलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट फेनरागन २६ एम्पुल, नुर्फिन ४९ एम्पुल र डाइजापाम-२३ एम्पुलको लागूऔषध सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिइएको छ ।
समातिएका दुबै जनालाई कारबाहीका लागि थप अनुसन्धान भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिए ।
सम्बन्धित खबर
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
रेडियो नेपाल गण्डकी प्रादेशिक प्रमुख गुरुङद्वारा पदभार ग्रहण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते