प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले आफूमा प्रधानमन्त्री बन्ने कुनै चाहना नभएको बताएका छन् । देउवाले आफूलाई पदको लोभ तथा लालच नभएको बताए ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा कांग्रेसका युवा नेता नैनसिंह महरद्वारा लिखित किताब महाकाण्ड (संसद गठनदेखि विघटनसम्म) को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूमा प्रधानमन्त्री पदको लोभ नभएको बताएका हुन् ।
सत्तारुढ नेकपाको विवादमा आफू पर्न नचाहेको भन्दै देउवाले आफू वेटिङ प्राइममिनिस्टर नभएको बताए । विपक्षी दलको नेता स्वभाविक रुपमा भविष्यको प्रधानमन्त्री भएपनि आफूमा त्यो पदको लोभ तथा लालच नभएको उनले बताए ।
सभापति देउवाले भने, प्राइममिनिस्टर इन वेटिङमा भनेको छ । तर, म त्यसमा पनि छैन । मलाई लोभ पनि छैन, लालच पनि छैन । उनीहरुको झगडामा कहाँ फस्ने भन्या ?
नेकपाको आफ्नै झगडा चलिरहेकाले आफू त्यसमा नफस्ने सभापति देउवाले बताए । उनले अहिलेको राजनीतिक परिस्थितिमा आफू प्रधानमन्त्री पदको लोभमा नफस्ने उनको भनाइ छ ।
देउवाले प्रष्ट भनेका छन्, विपक्षी दलको नेता भनेको प्राइममिनिस्टर इन वेटिङ नै हो । तर पनि म प्रधानमन्त्री हुन चाहेको छैन ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने