फेवातालको अहिले बाँध मर्मत सकिसँगै तालमा पानी भर्न सुरु गरिएको छ । गत शुक्रबारदेखि पानी भर्न सुरु गरिएको हो ।
बाह्य स्रोतबाट नभई फेवातालको मुहान हर्पन खोला र आकासे पानी नै अहिले तालको सतह पुरानै अवस्थामा फर्काउन प्रयोग गरिएको कार्यालय प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए । ताललाई पुरानै स्वरुपमा फर्काउन १ दशमलव ४५ मिटर पानी भर्नुपर्ने हुन्छ ।
पछिल्लो ५ दिनमा ० दशमलव ५ मिटर पानी भरिएको र अबको २२ दिनदेखि १ महिनामा ताल पुरानै अवस्थामा फर्किने इन्जिनियर आचार्यले बताए ।
फेवातालबाट गत २४ माघमा करिब ६ करोड लिटर पानी बगाइएको थियो । ‘पानीको सतह बढ्न सुरु भइसकेको छ । पछिल्लो ३/४ दिन पानी प¥यो । खास १५ दिनमा ० दशमलव ५ मिटर पानी बढ्नुपर्ने हो,’ उनले भने, ‘पानी परेकाले ३/४ दिनमै ० दशमलव ५ मिटर भयो । अब २२ दिनदेखि १ महिनामा पुरानै अवस्थामा फर्किन्छ ।’
२०३४ सालमा बाँधिएको बाँध पहिलोपटक ठूलो खर्चमा मर्मत गरिएको हो । तालको बाँध र सिँचाइ नहर मर्मत गर्न २ करोड रुपैयाँमा पर्वतको हरिबसु निर्माण सेवा प्रालिले ठेक्का लिएको थियो । बाँधको सामान्य मर्मत भने आवश्यकता अनुसार वर्षेनी भइरहन्छ ।

फेवातालको आकार बढाउन पहिलोपटक २०१८ सालमा बाँधिएको बाँध २०३१ सालमा फुटेको थियो । त्यसपछि हाल प्रयोगमा रहेको बाँध बनाइएको हो । अब २५ वर्षसम्मलाई ठूलो खालको मर्मत गर्नु नपर्ने इन्जिनियर आचार्यले बताए । ‘रेगुलर मर्मतचाहिँ २ देखि ५ वर्षमा गरिराख्नुपर्छ । पिरियोडिक मर्मत १० देखि २५ वर्षमा गर्दा हुन्छ,’ उनले भने । – समाधान दैनिकमा खबर छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो