आइतबारदेखि नारायणगढ-मुग्लिङ सडक दिउँसोमा साढे ४ घण्टा बन्द हुने

आइतबारदेखि नारायणगढ-मुग्लिङ सडक दिउँसोमा साढे ४ घण्टा बन्द हुने

narayanghat muglin

 नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि साढे ४ घण्टा बन्द हुने भएको छ । फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०।३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुने मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका अनुसार सो सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गरिएको हो ।

सो अवधिमा नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ