नेकपा विप्लव समूहसँगको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहनुभएका ओलीले भने, ‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं ।’
नेकपाका अर्का अध्यक्ष दाहाल–नेपाल पक्षलाई इंग्गित गर्दै ओलीले पार्टीका केही नेता आफ्नो पार्टीको सरकार ढालेर अरुलाई प्रधानमन्त्री बनिदिनुस् भन्दै पद किस्तीमा राखेर हिँडेको टिप्पणी गरे ।
ओलीले दल नै नभएकाहरुले संसदीय दलको बैठक राखेको भन्दै दलको नेता म यता छु के को बैठक भने । उनले भने, ‘संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनेको छु । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु । यति साह्रो नग्नताको हद रु आफ्नो प्रधानमन्त्री हटाएर किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न भनेर अन्त जाने रु’
मुलुबमा अब कुनै पनि हिंसात्मक द्वन्द्व नरहेको जिकीर गर्दै उनले भने, ‘अब तेपालमा हिंसात्मक बाटो छैन । हिंसात्मक कार्यदिशा कसैले पनि लिएर हिँडेको छैन ।’
अमेरिका, चीन, भारतभन्दा नेपाल शान्तिको मापदण्डमा अघि बढेको दाबी गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ भएकाले शुभकामना दिन्छु भने।
यही पद्धतीमा रहेर विप्लव पौडी खेल्न सक्षम हुने उनको भनाइ थियो । शान्तिको बाटोमा आउने विप्लवको कदम साहसिक रहेको भन्दै उनले यो कुनै फोर्सल्याण्डिङ, क्रास ल्याण्डिङ नभई सेफल्याण्डिङ भएको उल्लेख गरे ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने