ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

ipo

आज (शुक्रवार) बाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ खुलेको छ । यसअघि फागुन २३ गते आइतवारबाट आईपीओ निष्कासन गर्ने भनिए पनि आजैबाट ६६ लाख कित्ता आईपीओ निष्काशन गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको छ । आईपीओका लागि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले जनाएको छ ।

हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds