सरकार रचनात्मक कार्यमा लागेको छ :मन्त्री अर्याल

सरकार रचनात्मक कार्यमा लागेको छ :मन्त्री अर्याल

padma_aryal

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको बताइन् । स्याङजाको  बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप (वडास्तरीय पुरुष तथा महिला भलिबल कप) एवं वडा नं ६ स्थित भुवनघाट पक्की पुलको बिहीबार उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताइन्  ।

नेपाली जनताको सङ्घर्षबाट स्थापना भएको वर्तमान सरकारले सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्दै उनले सरकारले ऐतिहासिक काम गरेको बताइन् । मन्त्री अर्यालले सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल शुरु भएको भन्दै सरकार हटाउने खेल पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताइन् । तीन दिनसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः रु ६० हजार, ४० हजार, २० हजार र १० हजार र ट्रफी, मेडल र प्रमाणपत्र रहेको गाउँपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ