नेकपा ओली समूहले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार बैठकमा सहभागी हुन भनी सबै १७३ सांसदलाई एसएमएसमार्फत सूचना दिइएको छ । प्रचण्ड–माधव समूहमा रहेका सांसदहरुलाई पनि एसएमएस पठाइएको छ ।
‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’ प्रमुख सचेतक भट्टराईले पठाएको एसएसएसमा भनिएको छ ।
प्रचण्ड माधव समूहले भने बुधबार मात्र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भट्टराईसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । साथै पार्टी सदस्यबाट निस्कासन गरिसकेको कारण ओलीले गरेका निर्णय मान्य नहुने भन्दै संसद सचिवालयलाई पत्र लेखेको छ ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु