बिहीबार पोखराका ८ सहित गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि

बिहीबार पोखराका ८ सहित गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि

157577821_259736592389544_4065003956910092952_n

पोखरा – बिहीबार पोखराका ८ सहित गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि भएको छ  ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका ११५ जनामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरका ८, पर्वतका २ र बाग्लुङ जिल्लाका १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार १०७ पुगेको छ । जसमा २०१ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट १६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ७०१ पुगेको छ, भने संक्रमणकै कारण अहिलेसम्म २०५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds