मलको समस्या सधैंका लागि अन्त्य: मन्त्री अर्याल

मलको समस्या सधैंका लागि अन्त्य: मन्त्री अर्याल

Padma_Aryal_Mantri

कृषि तथा पशुपक्षी मन्त्री पद्मा अर्यालले कृषि मलको समस्या सधैंको लागि अन्त्य भएको बताएकी छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्या सधैंको लागि अन्त्य भएको बताइन् ।

आफूले मन्त्रालय सम्हालेपछि तत्कालीन समस्याको समाधानको व्यवस्थापन, मध्यकालीन समाधानको मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति गर्न थालेपछि मलको समस्या हटेको बताइन् ।

मन्त्रालयले दीर्घकालीन समाधानका लागि मल कारखान स्थापना गर्ने गरी काम अगाडि बढेको मन्त्री अर्यालले बताइन् । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् ।

कृषि तथा पशुपक्षी यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगमी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले बताएको छ ।

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनगरी प्रथम चौमासिक अवधिमा ३ लाख मेट्रिक टन मल आपूर्तिको प्रक्रिया यही महिनाबाट शुरु गरिने पनि मन्त्री अर्यालले बताइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds