टीयूको परीक्षा हलमा सीसी क्यामेरा राख्नैपर्ने

टीयूको परीक्षा हलमा सीसी क्यामेरा राख्नैपर्ने

TU

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका हरेक परीक्षा अब सीसी क्यामेराले निगरानी गर्ने भएको छ । त्यसका लागि विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै सम्पूर्ण कलेज तथा विद्यालयलाई यसबारे जानकारी गराएको छ ।

सो सूचना अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा सञ्चालन हुने वार्षिक परिक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रले यही चैत २० गतेभित्र परीक्षा सञ्चालन हुने कक्षा, उत्तरपुस्तिका शिलबन्दी गर्ने कक्ष र प्रवेशद्धारमा सीसीटीभी राख्नुपर्ने छ ।

सीसीटीभी राख्दा सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्छ । त्यसरी राखिएको सीसी क्यामेरोको नियन्त्रण सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले गर्नुपर्ने सो सूचनामा उल्लेख छ ।

सीसीटीभी नराखेको खण्डमा त्यस्तो परीक्षा केन्द्रलाई आगामी परीक्षा सञ्चालन गर्न नदिइने तयारी गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds